स्विट्जरल्याण्ड, २ भदौ । राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उनी ८० वर्षका थिए ।
पूर्वमहासचिव अन्नानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ ।
घानामा जन्मेका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसंघको प्रमुखका रूपमा दुर्इ कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।
संयुक्त राष्ट्रसंघका भूतपूर्वमहासचिव कोफी अन्नानको स्विटजरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, ‘अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।’
उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अप्रिmकी नागरिक थिए ।
सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए ।
अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसंघको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गरेका थिए । अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए ।
अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कूटनीतिक नियोगहरूमा १ हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१