फाइनप्रिन्ट फिभर सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७५
fine

पोखरा, २ भदौ। फाइनप्रिन्टले पोखरामा शनिबार एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ संचालन गर्‍यो। कार्यक्रममा विभिन्न स्रष्टाबीच साहित्यिक विषयवस्तुमाथि बहस चल्यो।

पोखरास्थित सिटी स्क्वायरको सहयोगमा भएको सो कार्यक्रममा युग पाठकसँग सावित्री गौतमले नेपाल मन्थनबारे छलफल गरिन्।

अर्को सत्रमा नयनराज पाण्डेसँग दीपक पराजुलीले संस्मरणमा इमान्दारिता तथा शासकको रजगजमाथि हरिबहादुर थापासँग पत्रकार केशवशरण लामिछानेले छलफल केन्द्रित गरे।

अन्नपूर्ण पोष्टका प्रधानसम्पादक समेत रहेका रजगज लेखक थापाले मुलुकमा कायम ७ सय ६१ सरकारका जनप्रतिनिधिबीच सेवा सुविधाबारे प्रतिष्पर्धाको भावना विकास भएको बताए। उनले संस्थागतरुपमा कर्मचारीतन्त्रमा भ्रष्टाचार हुने उल्लेख गर्दै जनप्रतिनिधिसमेत आफ्नै सेवासुविधामा केन्द्रित हुँदा जनताको अधिकार खोसिने डर भएको बताए।

यस्तै, पोखराका गनेश पौडेलले हालै प्रकाशित काठमाडौंमा एक दिनकी लेखिका शिवानीसिंह थारुसँग आख्यान अनुभवबारे खोतल्ने प्रयास गरे।

पश्चिमी मधेशमा हुर्केर पूर्वी मधेशको कथा लेखेकी थारुले उपन्यास लेखनका क्षण समेत स्मरण गरिन्।

नेपाल पत्रिकाका सम्पादक वसन्त बस्नेतले साहित्यकार महेशविक्रम शाहसँग नेपालीका विदेशी कथाबारे बोले।

सुर्खेत, धनगढी र कोहलपुरमा घुम्ती साहित्य महोत्सव गरिसकेपछि पोखरा आइपुगेको फाइन प्रिन्टका अजित बरालले जानकारी दिए।

कार्यक्रममा यस क्षेत्रका साहित्यकार एवं पुस्तकप्रेमीको उल्लेख्य सहभागिता थियो। महोत्सवमा बजारमा आएका पछिल्ला कृतिसमेत बिक्रीका लागि राखिएका थिए।

सो कार्यक्रमपछि बेलुका हास्यकलाकार मदनकृष्ण श्रेष्ठको साथमा कन्दरा व्याण्डको सांगीतिक प्रस्तुत रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width