अल्लो प्रशोधन प्रविधिबारे तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५
ALLO ss

पोखरा, ३० साउन । नेपाल इन्नोभेसन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक)ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पुर्‍याउने योजना ल्याएको छ। प्राध्यापक अजय थापाको नेतृत्वमा पर्वत घुरुङ्गामा अल्लो प्रशोधन प्रविधि सफल भएपछि गाउँगाउँमा विस्तार गर्न लागिएको हो।

पोखरा विश्वविद्यालयका विद्यार्थी सम्मिलित नाइटेक नामक एक संस्थाले यो प्रविधिलाई गाउँ गाउँसम्म पुर्‍याउन लागेको हो।

प्रविधि विस्तारका लागि पोखरामा भदौ २ देखि ६ दिनसम्म तालिम हुने नाइटेकका कार्यक्रम व्यवस्थापक रवि भण्डारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा अल्लो प्रशोधन प्रविधिबारे सीप सिकाइने छ भने बजार व्यवस्थापन, व्यापारिक स्वरुपको निर्माण लगायत अन्य विषयमा समेत ज्ञान दिइने जनाइएको छ। पोखरा विश्वविद्यालयमा अवस्थित नाइटेकले २ वर्षदेखि उपयुक्त प्रविधिको बारेमा अनुसन्धान गर्दै आएको छ। लगातार अनुसन्धान र निरन्तरको विकास पछि अल्लो पकाउने, कुट्ने र धुने प्रबिघी घुरुङ्गामा सफल परीक्षण भएको थियो।  यसको उपयोगको परिक्षण गर्न पर्वतको सालिजा गाउँबाट १४ वर्षदेखि अल्लो प्रशोधनबारे काम गरेका ३ जना महिलाहरुलाई यो प्रविधि प्रयोग गर्न दिइएको थियो।

स्थानीय भाषामा अल्लो भन्नाले एकप्रकारको सिस्नो जस्तै बनस्पति हो। यो नेपालको पहाडी भूभागका ज·लका खुला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइन्छ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width