हाते तान बुनाई तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५
ramkali

पोखरा, ३० साउन। महिला सीप विकास संस्था, पोखराले तीनमहिने हाते तान बुनाइ तालिम शुरु गरकेो छ।

प्रमुख अतिथि पोखरा ३० का वडासदस्य रमा नेपालीले तालिम उद्घाटन गरेकी थिइन्। संस्था र संस्थाका दिदीबहिनीलाई वडाले सक्दो भौतिक एवम् आर्थिक सहयोग गर्ने वाचा गर्दै नेपालीले तालिमका सहभागीलाई जोश र जागरका साथ काम गर्न अनुरोध गरिन्।

संस्थाका कार्यवाहक अध्यक्ष काशीमाया गुरु·को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्था तथा तालिमको बारेमा जानकारी दिँदै आर्थिक सशक्तिकरण भएमात्रै महिला सशक्तिकरण हुने जनाइन्।

कार्यक्रममा आमा मिलन समूहका अध्यक्ष कुमारी गुरु· र सम्झौता आमा समूहका उपाध्यक्ष एवम् लगनशील टोलका अध्यक्ष सरु श्रेष्ठले मन्तव्य राखेका थिए।

कार्यक्रम सञ्चालन विष्णुप्रसाद बरालले गरेका थिए। संस्थाले २२ जना सहभागीलाई लक्षित गरेको उक्त तालिम बरालथरस्थित फिल्ड कार्यलयमा सञ्चालन हुनेछ।

सो कार्यक्रममा अघिल्लो तालिममा सहभागिता जनाएका २२ सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width