Worldlink ads

आध्यात्मको विकास जरुरी : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५

लमजुङ, २९ साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मको विकास जरुरी रहेको बताएका छन्। उनले करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुनःनिर्माणको स्थिति अवलोकनका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन्।

‘आध्यात्मिक भावनाको विकास गर्न सकेमात्र वास्तविक रूपमा समृद्धि हासिल हुन्छ’, उनले भने, ‘मानवीय विकासका लागि आध्यात्मको जरुरी छ, भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन’।

प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको जानकारी दिँदै उनले अध्यात्मको विकासले सामाजिक सेवा र एकताको भावना जागृत हुने विश्वास व्यक्त गरे। उनले सरकारले सामाजिक विकासका योजना अघि सारेको बताए।  इशानेश्वर महादेवको महिमाको प्रवद्धन हुन नसकेको भन्दै उनले ठोस योजना बनाएर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए  त्यसका लागि इशानेश्वर क्षेत्रको विकास र प्रवर्द्धनमाका लागि उचित योजना बनाएर आउन उनलेर्र् इशानेश्वर क्षेत्र विकास समितिलाई आग्रह गरे। मुख्यमन्त्री गुरुङले प्रदेशमा अध्यात्म पर्यटनको विकास गर्ने योजना रहेको, धार्मिक पर्यटनको विकास मार्फत स्थानीयबासीको आयआर्जन हुनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीलेर्र् इशानेश्वर महादेवको महिमा अन्यत्र नरहेको बताउँदै यसको व्यवस्थापन गर्नुपर्ने बताए। मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले मुख्यमन्त्री गुरुङले देखेको समृद्धिको सपना सबै प्रदेशवासीको सपना भएको बताए। उनले प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न नगरपालिका तयार रहेको भन्दै अब समृद्ध नगरपालिका र प्रदेश बनाउने गरी अघि बढ्ने बताए।

इशानेश्वर क्षेत्र विकास समिति अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, क्होंलासोँथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनी गुरुङ लगायत स्थानीय जनप्रतिनिधी र भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width