पहिलो पटक मिस्टर एण्ड मिस लमजुङ

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५
mister

लमजुङ, २९ साउन। लमजुङमा मिस्टर एण्ड मिस लमजुङ-२०१८ तयारी गरिएको छ।  न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिजको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुने भएको हो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्लामा यदाकदा सौर्न्दर्य प्रतीयोगिता हुने गरेको भए तापनि युवायुवतीसँगै राखेर पहिलो पटक सो प्रतियोगिताको तयारी गरिएको न्यूृ क्रियशन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले बताइन्। उनले युवामा लुकर रहेको प्रतिभा उजागर गरी व्यक्तित्व विकासको अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्।

सो इभेन्टमा कुनै पनि व्यक्ति बाहिरी बनावटले मात्र सुन्दर देखिँदैन, उसलाई साँच्चै सुन्दर हुन आवश्यक पर्ने भन्ने लगायत टिप्स सिकाइने लमजुङ जेसिज वर्ष-२०१८ का अध्यक्ष अनुज अधिकारीले बताए। उनका अनुसार त्यसका लागि छनौट भएका प्रतियोगीलाई २५ दिने तालिम प्रदान गरिने छ।

सहभागीले तालिममा सिकेका विषय इभेन्टमार्फत क्षमता प्रस्तुत गर्नेछन्। तालिममा फोटो सुट, प्रोफाइल निर्माण, संस्कार संस्कृति, मोटिभेसन, नेतृत्व विकास, सामाजिक कार्यमा युवाहरूको रुचि र क्षमता विकास गरी रचनात्मक र सृजनात्मक काममा सरिक गराउन सकिन्छ भन्नेबारे प्रशिक्षण गराइने छ। साथमा अवलोकन भ्रमण समेत गराइने योजना छ ।

मिस्टर एण्ड मिस लमजुङ विजेतालाई ५० हजार, फष्ट रनरअपलाई ३० हजार, सेकेण्ड रनरअपलाई १५ हजार रुपैयाँ साथमा क्राउन, आकर्षक गिफ्ट हृयाम्र र सवर्टाईटल अवार्ड प्रदान गरिनेछ ।

प्रतियोगिताको लागि भदौ १ मा वेशीशहरमा अडिसन लिइने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले लमजुङ डान्स स्टुडियो हाइस्कूल चोक मार्फत फाराम भर्न सक्नेछन्।  फाइनल असोज ५ मा लमजुङमा हुने आयोजकले बतायो ।

म्यानेज्मेन्ट अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, गण्डकी प्रदेशका सदस्य कमला केसी, पूर्व केन्द्रीय सदस्य किसान संगीत लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सञ्चारिका समूहका जिल्ला अध्यक्ष शान्ता कमलीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width