पोखरा, २९ साउन। महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले संस्था स्थापनाको प्रथम वाषिर्कोत्सव मनाएको छ ।
पर्यटन क्षेत्रमा आवद्ध महिलाहरुको क्षमता एवं दक्षता अभिवृद्धिका साथै व्यवसायिक पहिचान स्थापित गर्ने उद्देश्यले गठित सो संस्थाले मंगलबार सदस्यलाई तनाव व्यवस्थापन तालिमको आयोजना गरी वाषिर्कोत्सव मनाएको हो।
प्रमुख अतिथि राजयोगिनी ब्रम्हाकुमारी अप्सराले पर्यटन व्यवसायी महिलालाई तनाव व्यवस्थापनबारे प्रशिक्षण दिएकी दिइन्। कामकाजी महिलाहरु पछिल्लो समय दोहोरो र तेहेरो जिम्मेवारीको बोझले तनावको जिन्दगीमा बाँचिरहेको भन्दै उनले स्वस्थ शरीर र स्वस्थ मानसिकतका लागि तनावरहित जीवन जिउन आवश्यक रहेको बताइन्। तनावयुक्त मानिसले कुनै पनि पेशा ब्यवसाय एवं कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले तनाव व्यवस्थापनका विभिन्न चरणरुहरुको बारेमा प्रशिक्षण दिएकी थिइन्।
कार्यक्रममा टे्रकिङ एजेन्सिज एशोसियशन अफ टानका नवनिर्वाचित अध्यक्ष हरि भुजेल छोटो समयमै मञ्चले बिनकै राम्रा काम गर्न सफल भएको भन्दै आगामी दिनमा व्यवासायिक प्रवर्द्धनका साथै सीप विकासका कार्यक्रममा जोड दिन आग्रह गरे।
पोखरा उद्योग बाणिज्य संघ महिला उपसमिति संयोजक सीता बरालले आर्थिक सशक्तिकरणका लागि महिलाहरु व्यवसायिक पहिचानका साथ अघि बढ्नु पर्ने बताइन्। कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारी, पम्फा पहारी, गोमा ढकाल, संचारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्मा, नेपाल पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशका कोषाध्यक्ष दुर्गा ढकाल, लगायतले सहअसतित्व र व्यावसायिक पहिचानका लागि महिला एकजुट भएर अधिकार प्राप्तिका लागि अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष हरि भुजेल, सामुदायिक सेवा केन्द्र बैदामका नवनिर्वाचित अध्यक्ष मीना भट्टराई, एगाका अध्यक्ष शंकर भट्टराई लगायतलाई सम्मान गरिएको थियो।
महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र संचालन सचिव उमा भण्डारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१