खानेपानीको सही व्यवस्थापनबाट नै राष्ट्र निर्माण गर्न सकिन्छ : मन्त्री बिना मगर

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Khane Pani Bina Magar

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले जनतालाई खानेपानीको सही पहुँचको सुनिश्चितता गरेर त्यसबाट हुने आयले राष्ट्र निर्माण गर्न सकिने वताएकी छिन् ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री मगरले हिमालबाट बग्ने हिमनदिहरुको पानी (ग्लेसियर वाटर) विश्वमै उच्च गुणस्तरको पानी भएको र नेपालका हिमालबाट निस्कने ग्लेसियरको पानीलाई अन्तराष्ट्रिय वजारमा पुर्‍याउन सके प्रसस्त आयश्रोतको माध्यम बन्न सक्ने बताएकी हुन् ।

सरकारले खानेपानी जनताको मौलीक अधिकारको रुपमा व्यवस्था गरेको भएपनि खानेपानीको महशुल निर्धारण या छुटमा ध्यान पुर्‍याउन नसकेको तर सिंचाईमा सरकारले छुट दिने गरेको कारण एकरुपता नभएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् । मन्त्री मगरले आफूले यस विषयलाई छलफल गर्ने तयारीमा लागेको वताएकी थिइन् ।

कार्यक्रम गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले खानेपानीसँग सम्बन्धित समस्याहरु हल गर्ने सम्बन्धमा प्रदेशको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कार्यालय प्रमुख इञ्जिनियर शिवप्रसाद अमात्यले संस्थाका गतिविधिहरुबारे जानकारी गराए । कार्यक्रममा सांसद गायत्री गुरुङ, पूर्व सांसद तेजकुमारी पौडेल, खानेपानी सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेललगायतले बोलेका थिए ।

उनीहरुले लेखनाथ साना सहरी अन्तरगत संचालित योजनालाई व्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि सवैको साथ र सहयोग अपरिहार्य भएको सुझाव राखेका थिए । संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि लामिछानेले धन्यवाद र सचिव मुरारी शर्माले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width