सामाजिक परिचालकहरु प्रदेशको सदनसम्म

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Samajik Parchalk

पोखरा, २७ साउन । गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धित स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आइपुगेका हुन् । आइतबार प्रदेशसभा नजिकै नदिपुरस्थित सडक छेकेर उनीहरुले नाराबाजीसहित प्रदर्शन गरे । गएको पुस १६ देखि जागिर खोसिएपछि निरन्तर आन्दोलन गरेर चैतपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । नयाँ आर्थिक बर्ष सुरु भएपछि सरकारले श्रोत जुटाएर सामाजिक परिचालक नियुक्त गर्न स्थानीय सरकारलाई नै जिम्मा दिएको छ । तर स्थानीय सरकारले चाहीँ कर्मचारी आवश्यक नभएको भन्दै सामाजिक परिचालक राख्न मानेका छैनन् । ‘

‘नयाँ कर्मचारी नथप्ने भए ठीकै छ तर थप्ने हो भने हामीलाई मौका दिनुपर्छ, सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ भन्छिन्, ‘हामीलाई लखेटेर अरु कर्मचारी भर्ना गर्दा राज्यलाई नै घाटा हुन्छ । हामीलाई सेवा गर्ने मौका दिइयोस् ।’

उनीहरुले एक पटकका लागि उमेर हद नतोकी आन्तरिक परीक्षामा प्रतिश्पर्धा गर्ने अवसर दिनुपर्ने माग राखेका छन् । ‘पूरै समय यही क्षेत्रमा खर्च भयो । अहिले निस्किदा अन्त जागिर पनि पाईंदैन,’ उनीहरु भन्छन्, ‘रोजगारी सिर्जना गर्ने नारा दिएर चुनाव जितेको सरकारले भएको रोजगार खोसेर विचल्ली बनायो ।’

माग सुनुवाई नभए आमरण अनसनसम्मका संघर्षका कार्यक्रम उनीहरुको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिका प्रदेश सांसद हरिशरण आचार्यले समाजिक परिचालकको माग जायज भएको भन्दै माग सम्बोधन गर्ने बिषयमा आफूहरु सकारात्मक रहेको बताए ।

‘तपाईंहरु राज्यलाई चाहिन्छ । त्यो राज्यले बुझोस्,’ उनले भने, ‘माग सुनुवाई नभएसम्म तपाईंहरुको आन्दोलनमा नयाँ शक्तिको पनि ऐक्यवद्धता छ । सम्बन्धित निकायमा घचघच्याउने छु ।’

जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठकमै सामाजिक परिचालकको माग गम्भीर भएर सम्बोधन गर्नुपर्ने माग राखेकी थिइन् । सामाजिक परिचालकहरुले सोमबार मुख्यमन्त्रीको कार्यालय परिसरमा धर्ना कार्यक्रम गर्ने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width