रुद्र महादेव टोलविकासको साधारणसभा

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Rudra Mahadev

हेमजा, २७ साउन ।  पोखरा-२५, हेमजास्थित रुद्रमहादेव टोलविकास संस्थाको तेस्रो साधरणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य दलबहादुर कुँवरले रुद्रमहादेव टोल विकास संस्था वडाकै नमुना टोल विकास संस्था रहेको दावी गर्दै वडाको विकासका लागि टोलविकास संस्थासँग वडा कार्यालय सहकार्य गर्न तयार रहेको भनाई राखे । सदस्य कुँवरले आफ्नो टोलका सबै क्षेत्रमा सडक बत्ती समेत जडान गर्न सफल भएकोमा सो टोल विकासलाई बधाई पनि दिएका थिए ।वडा सचिव इश्वरीप्रसाद बास्तोलाले उक्त टोलविकास संस्थाको कार्यप्रगतिको प्रशंसा गर्दै टोलवासीको क्षमता विकासका लागि पनि टोलविकास संस्थाले भुमिका खेल्नुपर्ने चर्चा गरे । सो अवसरमा टोलविकास समन्वय समिति हेमजाका अध्यक्ष तमबहादुर रोक्का, रुद्रमहादेव  आमा समूहकी संयोजक सन्तोषी जिसी, पुरुष सदस्यको तर्फबाट घनश्याम सुवेदी, महिला सदस्यको तर्फबाट पार्वती बास्तोलालगायतले पनि भनाई राखेका थिए ।

कार्यक्रमका बीच सचिव दुर्गाभक्त सापकोटाद्वारा वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शुभकन्या गुरुङद्वारा आर्थिक प्रतिवेदन पेश गरिएको थिए । संस्थाका सहसचिव दयाराम बास्तोलाले स्वागत, उपाध्यक्ष कृष्णप्रसाद पहारीले धन्यवाद प्रकट गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा सचिव सापकोटाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width