लायन्स क्लब अफ पोखरा लालिगुराँस र वर्किङग टुगेदरको वृक्षारोपण

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Lions Lali Gurans

हेमजा, २७ साउन । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ पोखरा वर्कि· टुगेदरले वृक्षारोपण गरेका छन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा मेलवोटमा विभिन्न जातका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । ‘क्लबले सामजिक क्षेत्रमा गरेका कार्यहरु उदाहरणिय छन्’,उनले भने, ‘आगमी दिनमा पनि लायन्स क्लबको मान्यताअनुसार नै सामाजिक क्षेत्रमा खटिने विश्वास लिएको छु ।’

जोन चियर पर्सन लक्ष्मी बरालले क्लबहरुका गतिविधिले नै जोन सफल हुने बताउँदै यस वर्ष पनि क्लब सक्रिय भएर लाग्ने आफुले विश्वास लिएको बताइन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले रोपेका विरुवाको संरक्षणको खाँचो रहेको बताए । लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोज नारायणहरी बास्तोलाले स्वागत संस्थापक अध्यक्ष केशवशरण पौडेलले स्वागत र लायन्स क्लब अफ पोखरा वर्किङग टुगेदरका अध्यक्ष कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width