हिरक जयन्तीमा सरसफाई

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५

हेमजा, २७ साउन । अन्नपूर्ण गाउँपालिका-३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्तीको अवसर पारी शनिवार विद्यालय हातादेखि स्थानीय पत्थरसम्मको गोरेटो बाटो सरसफाई गरेको छ ।

महिला परिचालन उपसमितिको आयोजनामा करिब डेढ किलोमिटर उक्त बाटो सरसफाई गरिएको हो । सरसफाईमा स्थानीय महिला, समाजसेवीलगायतको उल्लेख्य सहभागिता रहेको महिला परिचालन उपसमितिकी संयोजक एवं वडासदस्य कमला केसीले जानकारी दिइन् ।

यसैबीच हिरक जयन्ती अन्तगत गरिने प्रभातफेरी तथा उद्घाटन कार्यक्रमलाई लक्षित गरी शनिवार विद्यालयमा सचिवालयको बृहद बैठक सम्पन्न भएको छ । उक्त बैठकले जयन्तीमा सबै सरोकारवालालाई समेट्नुपर्ने निष्कर्ष निकालेको छ ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेल, वर्तमान अध्यक्ष तथा मूल समारोह समितिका अध्यक्ष भेषराज पौडेल, प्रधानाध्यापक महेन्द्रबहादुर कुँवर, पुर्व विद्यार्थी सुरज पौडेल, सोमनाथ पौडेल, महेश्वर पौडेल, लोकनाथ पौडेललगायतले कार्यक्रमको प्रभावकारिताबारे आ-आफ्ना भनाई राखेका थिए ।

हिरक जयन्ती मूल समारोह समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।

प्रतिक्रिया

Comments on हिरक जयन्तीमा सरसफाई

अन्य समाचार

लायन्स क्लब अफ पोखरा लालिगुराँस र वर्किङग टुगेदरको वृक्षारोपण

हेमजा, २७ साउन । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ पोखरा वर्कि· टुगेदरले वृक्षारोपण गरेका छन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा मेलवोटमा विभिन्न जातका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । 'क्लबले सामजिक क्षेत्रमा गरेका कार्यहरु उदाहरणिय छन्’,उनले भने, 'आगमी दिनमा पनि लायन्स क्लबको मान्यताअनुसार नै सामाजिक क्षेत्रमा खटिने विश्वास लिएको छु ।’ जोन चियर पर्सन लक्ष्मी बरालले क्लबहरुका गतिविधिले नै जोन सफल हुने बताउँदै यस वर्ष पनि क्लब सक्रिय भएर लाग्ने आफुले विश्वास लिएको बताइन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले रोपेका विरुवाको…

पोखरामा क्यान्सर सचेतना कार्यक्रम

पोखरा, २७ साउन ।नेपाल अर्वुदरोग निवारण संस्था, पोखरा महानगरपालिका वडा नं.३ र कन्या क्याम्पस नदीपुरको संयुक्त आयोजनामा कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि एकदिने क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा कन्या क्याम्पस नदीपुरमा अध्ययनरत १५० जना छात्राहरुको सहभागिता रहेको नेपाल अर्वुदरोग निवारण संस्थाका जनसर्म्पर्क अधिकृत डिल्लीप्रसाद शर्माले बताए । प्रमुख प्रशिक्षक नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव नारायण पराजुलीले बिभिन्न कार्टुु चित्रहरुको माध्यमबाट तथ्यपूर्ण घटनाहरु बताउँदै स्तनक्यान्सर र पाठेघरको  मुखको क्यान्सर र यसको रोकथाम, तथा उपचारसम्बन्धी जानाकारी गराएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३…