Worldlink ads

पोखरामा क्यान्सर सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Cancer

पोखरा, २७ साउन ।नेपाल अर्वुदरोग निवारण संस्था, पोखरा महानगरपालिका वडा नं.३ र कन्या क्याम्पस नदीपुरको संयुक्त आयोजनामा कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि एकदिने क्यान्सर सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा कन्या क्याम्पस नदीपुरमा अध्ययनरत १५० जना छात्राहरुको सहभागिता रहेको नेपाल अर्वुदरोग निवारण संस्थाका जनसर्म्पर्क अधिकृत डिल्लीप्रसाद शर्माले बताए ।

प्रमुख प्रशिक्षक नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव नारायण पराजुलीले बिभिन्न कार्टुु चित्रहरुको माध्यमबाट तथ्यपूर्ण घटनाहरु बताउँदै स्तनक्यान्सर र पाठेघरको  मुखको क्यान्सर र यसको रोकथाम, तथा उपचारसम्बन्धी जानाकारी गराएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष रविन्सन प्रजु, नेपाल अर्वुदरोग निवारण संस्थाका केन्द्रीय सदस्य दिनेशशंकर पालिखे, संस्थाका पूर्व अध्यक्ष माधवप्रसाद सिग्देल, कन्या क्याम्पस छात्रा कल्याण समितिका संयोजक जुली बर्णल, कन्या क्याम्पसका प्राध्यापक संघका अध्यक्ष इन्द्रकमल मानन्धरलगायतले क्यान्सर रोग र यसको रोकथामवारे बोलेका थिए ।

नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्या क्याम्पसका  क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले स्वागत र संस्थाका सचिव नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads