विकास-धरम जोडीलाई मनसुन कप

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५

पोखरा, २७ साउन । मनसुन कप पोखरा भेट्रान ओपन टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङ र धरमबहादुर लामिछानेको जोडीले जितेको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको सो प्रतियोगिताको शनिबार भएको फाइनलमा लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै सो जोडीले उपाधि जितेको हो ।प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीले ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

संघका सल्लाहकार समीर शेरचन, वसन्त प्रधान, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुवरसिंह खड्का लगायतले पुरस्कार वितरण गरेका थिए। संघका सदस्य नवीन चालिसेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजु गुरुङले धन्यवाद ज्ञापन गरे। १८ जोडीले भाग लिएको प्रतियोगिता ५ दिनसम्म पोखरा रंगशालामा चलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width