हेमजा, २६ साउन। खानेपानी आपूर्र्ति तथा सरसफाइ मन्त्री वीना मगरले आगामी ३ वर्षभित्र सबै नेपालीलाई आधारभूत खानेपानी उपलब्ध गराइने बताएकी छन्।
माछापुच्छे्र गाउँपालिका ४, सेतीमर्दी दोभानमा शनिबार भएको शवदाह गृह समुदायलाई हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन्।
मन्त्री मगरले स्वच्छ पिउनेपानी जनताको मौलिक अधिकार भएको भन्दै पानीलाई मानवजन्य फोहोरबाट बचाउनुपर्ने तर्क गरिन्।
मन्त्री मगरले सरकारले नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीलाई केही वर्षको अन्तरालमै सिधैँ धाराबाटै पिउनयोग्य बनाउन लागेको दाबी गर्दै सरकारले एभरेष्ट वाटरको सम्भाव्यता पनि अध्ययन गरिरहेको जानकारी दिइन्। जुनसुकै सरकार आए पनि खानेपानीको मुद्दा ओझेलमा पर्ने गरेको उनको गुनासो थियो।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुद्घ खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएको भन्दै खानेपानीको क्षेत्र स्थानीय तहको क्षेत्राधिकारभित्र नपर्ने जनाए। खानेपानीको स्वच्छताका लागि खानेपानी संस्थान आफै सचेत हुनपर्नेमा उनको जोड थियो।
कार्यक्रम संयोजक पोखरा उद्योग बाणिज्य संघका सदस्य यदुनाथ अधिकारीले पोखराको मुख्य खानेपानीको स्रोत मर्दीखोला भएको भन्दै पोखरामा वितरण गरिने खानेपानीको स्वच्छताका लागि मर्दीखोलास्थित मुहानलाई माथि सार्नुपर्ने तर्क गरे।
आफ्नो नेतृत्वमा सबैको सहयोगबाट त्यस क्षेत्रमा ६ वटा शवदह गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गर्न सफल भएकोमा उनले सरोकारवाला सबै पक्षलाई धन्यवाद दिए । जसमध्येका ३ वटा गृह शनिवार हस्तान्तरण गरिएको हो।
पोखरा महानगरपालिका, नेपाल खानेपानी पोखरा शाखा तथा पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
त्यस अवसरमा निर्माण समितितर्फबाट अध्यक्ष मधुसुदन अधिकारीले निर्माण गर्दाका अनुभव सुनाएका थिए।कार्यक्रमबीच वृक्षारोपण पनि गरिएको थियो।
कार्यक्रम संयोजक अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले स्वागत तथा संघका महासचिव दामु अधिकारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९