आधारभूत खानेपानी ३ वर्षभित्रैः मन्त्री मगर

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७५
hemja photo

हेमजा, २६ साउन। खानेपानी आपूर्र्ति तथा सरसफाइ मन्त्री वीना मगरले आगामी  ३ वर्षभित्र सबै नेपालीलाई आधारभूत खानेपानी उपलब्ध गराइने बताएकी छन्।

माछापुच्छे्र गाउँपालिका ४, सेतीमर्दी दोभानमा शनिबार भएको शवदाह गृह समुदायलाई हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन्।

मन्त्री मगरले स्वच्छ पिउनेपानी जनताको मौलिक अधिकार भएको भन्दै पानीलाई मानवजन्य फोहोरबाट बचाउनुपर्ने तर्क गरिन्।

मन्त्री मगरले सरकारले नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीलाई केही वर्षको अन्तरालमै सिधैँ धाराबाटै पिउनयोग्य बनाउन लागेको दाबी गर्दै सरकारले एभरेष्ट वाटरको सम्भाव्यता पनि अध्ययन गरिरहेको जानकारी दिइन्। जुनसुकै सरकार आए पनि खानेपानीको मुद्दा ओझेलमा पर्ने गरेको उनको गुनासो थियो।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुद्घ खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएको भन्दै खानेपानीको क्षेत्र स्थानीय तहको क्षेत्राधिकारभित्र नपर्ने जनाए। खानेपानीको स्वच्छताका लागि खानेपानी संस्थान आफै सचेत हुनपर्नेमा उनको जोड थियो।

कार्यक्रम संयोजक पोखरा उद्योग बाणिज्य संघका सदस्य यदुनाथ अधिकारीले पोखराको मुख्य खानेपानीको स्रोत मर्दीखोला भएको भन्दै पोखरामा वितरण गरिने खानेपानीको स्वच्छताका लागि मर्दीखोलास्थित मुहानलाई माथि सार्नुपर्ने तर्क गरे।

आफ्नो नेतृत्वमा सबैको सहयोगबाट त्यस क्षेत्रमा ६ वटा शवदह गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गर्न सफल भएकोमा उनले सरोकारवाला सबै पक्षलाई धन्यवाद दिए । जसमध्येका ३ वटा गृह शनिवार हस्तान्तरण गरिएको हो।

पोखरा महानगरपालिका, नेपाल खानेपानी पोखरा शाखा तथा पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

त्यस अवसरमा निर्माण समितितर्फबाट अध्यक्ष मधुसुदन अधिकारीले निर्माण गर्दाका अनुभव सुनाएका थिए।कार्यक्रमबीच वृक्षारोपण पनि गरिएको थियो।

कार्यक्रम संयोजक अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले स्वागत तथा संघका महासचिव दामु अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width