पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्।
सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल, कृष्णकुमारी सुवेदी, सावित्रा पराजुली र रीता कुँवर छन्।
निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचन समिति संयोजक नवीन सिग्देल, सदस्य रवी मसारी र रजनी कोइरालाले अबिर र खादा लगाइएर बधाई ज्ञापन गरेका थिए।
अधिवेशनले सहसचिव विष्णुमाया पौडेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष विष्णुमाया पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
यसअघि अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले संविधानमा भएका अधिकार व्यवहारमा उतार्न नसकिएको बताइन्। उनले अघि बढ्न खोज्ने महिलालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।
पोखरा महानगरपालिका वडा १८ का वडाध्यक्ष रणबहादुर थापाले महिलाहरुले आत्मबल बढाउन जरुरी भएको उल्लेख गरे।
राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य राधा गौतमले कसैको दबाब र प्रभाव नपरी मञ्चले काम गर्नुपर्नेमा जोड दिइन्।
त्यस अवसरमा मञ्चलाई सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सिद्वार्थ क्लब, बाल तथा महिला सशक्तिकरण समाज नेपाल, भोजकुमारी थापा, अम्बिका थापा, गोविन्द भट्टराई, मनकुमारी पुन, माया लामिछाने, देवी थापामगर, राजकुमारी परियार र सन्ध्या लिगल छन्।
कार्यक्रममा पोखरा महानगरपालिका वडा १८ की सदस्य भोजकुमारी थापा, सिद्वार्थ क्लबका अध्यक्ष रवी मर्सारी, बाल तथा महिला सशक्तिकरण समाज नेपालकी अध्यक्ष रजनी कोइराला, जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल, भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम गुरुङ र सहभागीतर्फबाट विष्णु सुवेदीले बोलेकी थिइन्।
राष्ट्रिय महिला अधिकार मञ्च कास्कीकी अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दुर्गा बस्नेतले स्वागत र सदस्य शोभा आचार्यले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९