लेखनाथ जेसीजले सप्ताहन्त कार्यक्रम गर्ने

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५
jci 23

लेखनाथ, २३ साउन। लेखनाथ जेसीजले विगतका वर्ष झै यस वर्ष पनि जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ। ‘परिवर्तनका लागि युवा’ भन्ने प्रकरणका साथ साउन २४ देखि २६ गतेसम्म जेसीज सप्ताहन्त गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकाससँगै समाजमा सक्रिय नागरिकहरुको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि लेखनाथ जेसीजले आफ्ना सदस्यको विकास र सवल नेतृत्व प्रदान गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष शालिकराम ओझाले बताए। पहिलो दिन श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाआश्रम सहेलेपाखामा जेसिज सप्ताहन्तको उद्घाटन एवं वृद्धवृद्धा सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ।

दोस्रो दिन लेखनाथ पव्लिक एकेडेमीमा विद्यालयस्तरीय नेपाली हिज्जे प्रतियोगिता हुनेछ भने तेस्रो दिन  सेयरबजार आधारभूत तालिमसँगै सम्मान, पुरस्कार वितरण र समापन गरिने मूल संयोजक सन्तोष गुरुङले जानकारी दिए। कार्यक्रम सफल र सभ्य बनाउन सबैको सहभागिता अपरिहार्य रहेको मूल संयोजक कमल गौतमले बताए।

लेखनाथ जेसिजका अध्यक्ष शालिकराम ओझाको अध्यक्षतामा भएको कार्यक्रम संयोजक चिरञ्जीवी न्यौपानेले स्वागत मन्तव्य र निर्वतमान अध्यक्ष सन्दीप ढुंगानाले धन्यवाद ज्ञापन राखेका थिए भने कार्यक्रम संचालन महासचिव रोशन अधिकारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width