मनाङमा यातायात पहुँच सहज

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५
bridge

लमजुङ, २३ साउन। मनाङमा अब सहज यातायात पहुँच विस्तार भएको छ। मनाङ र लमजुङ सीमा म्यार्दी खोलामा निर्माणाधीन मोटरेवल पुल सम्पन्न भएसँगै मनाङमा यातायातको पहुँच सहज भएको हो।

दुर्इ करोड लागतमा पुल निर्माण गरिएको डिभिजन सडक कार्यलय दमौली, तनहुँले जनाएको छ। गत आर्थिक वर्षमै निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माणमा ढिलाइ भएपछि लमजुङ र मनाङका प्रशासन कार्यालय तथा डिभिजन सडक कार्यालय दमौलीले निर्माण कम्पनीलाई पुल निर्माण छिटो गर्न दबाव दिएका थिए।

वेशीशहर-चामे सडक सञ्चालनको लामो समय भए तापनि म्यार्दीखोलामा पुल नहुँदा वर्षायाममा यातायात सेवा अवरुद्ध हुने गरिआएको थियो। सो खोलामा यसअघि काठको अस्थायी पुल र फलामको ट्रष्टबाट काम चलाउने गरिएको थियो। सो पनि बाढीले बगाइदिएका कारण यातायात खोला वारिपारि रोकिने गरेका थिए। सो खोलामा अस्थायी काठको पुल एक वर्ष पनि नटिकेपछि नेपाली सेनाले ट्रष्ट राखेर पुल निर्माण गरेको थियो।

सो पुल निर्माण क्यारबाहन कन्सलटेन्सी कम्पनीले गरेको हो। ट्रष्टको बेलीब्रिज २०७२ साल असार ३१ गते आएको बाढीले बगाएपछि यातायात सञ्चालनमा कठिनाई हुँदै आएको सो रुटका चालकले बताउने गरेका थिए।

सडक डिभिजनसँग २०७५ असार मसान्तसम्म सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारबहान कन्सलटेन्सीले १ महिनापछि काम सम्पन्न गरेको हो। कुल २२ करोडको लागतमा मनाङका ५  वटा खोलामा मोटरेवल पुल निर्माण गर्ने जिम्मा क्यार बहनले पाएको हो। सो सडक खण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सव्जे खोलामा अझै काम सम्पन्न भएको छैन। कम्पनीका म्यानेजिङ डाइरेक्टर (एमडि) चन्द्र थकालीले भौगोलिक विकटताका कारण सम्झौताअनुसार समयमा काम हुन नसकेको बताएका छन्। उनका अनुसार बाँकी खोलामा ७० प्रतिशत काम पूरा भइसकेको र दशैँ-तिहारबीचमा सबै पुलको निर्माण सक्ने लक्ष्यका साथ काम भएको छ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width