संसदीय रिपोर्टिङबारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
parlia

पोखरा, २२ साउन । पोखरा, २२ साउन । गण्डकी प्रदेशका पत्रकारहरुलाई संसदीय रिपोर्टिङबारे अभिमुखीकरण दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना र युएनडिपीको सहयोगमा प्रदेशसभामा संसद्सम्बन्धी रिपोर्टिङ गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संसद्भित्र पत्रकारको महत्व अधिक रहेको बताए । ‘हामी नयाँ अभ्यासमा छौं । पत्रकारहरुले राम्रा कुराको प्रचार र गलत कुराको खबरदारी गर्नुस्,’ उनले भने, ‘धेरै कुरा गर्दै सिक्ने हो । हामी सिकाइकै चरणमा छौं ।’ उनले नयाँ संरचना संक्रमणकालीन अवस्थामा रहेको भन्दै रचनात्मक सहयोग गर्न पत्रकारसँग आग्रह पनि गरेका छन् ।

प्रशिक्षक तथा पूर्व मन्त्री रमेश लेखकले प्रदेश सरकार र प्रदेशसभाको सफलतामा संघीयताको सफलता रहने उल्लेख गरे । ‘प्रतिनिधिसभा पहिले नै थियो । स्थानीय तह पनि स्थानीय निकायको रुपमा थियो,’ उनले भने, ‘नयाँ भनेको प्रदेशसभा र प्रदेश सरकार हो । यो सफल भयो भने संघीयता सफल हुन्छ ।’ उनले संघीयता सफल हुन नसके संविधान पनि फेल हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा लेखकसँगै संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नरेन्द्र साउद, नेपाल पत्रकार महासंघका पूर्व सचिव जगत नेपाल, संसदीय मामिला पत्रकार समाजका सदस्य मनोज सत्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभाका सचिव शम्भुबहादुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।

तालिमबारे धारणा राख्दै सहभागी प्रकाश ढकालले राज्य पुनर्संरचनाले पोखरा पनि केन्द्र बनिसकेको भन्दै पत्रकारको जिम्मेवारी थपिएको बताए । उनले अन्तरप्रदेश भ्रमण र अरु देशहरुको पनि सदन सञ्चालन प्रक्रियाबारे अन्तरक्रिया हुनुपर्ने सुझाव राखे ।

सहभागी जमुना वर्षा शर्माले संसदीय रिपोर्टिङ टेक्निकल विषय भएको उल्लेख गर्दै थप तालिमको खाँचो औंल्याइन् । उनले नयाँ पत्रकारलाई नयाँ संरचनामा रिपोर्टिङ गर्न झनै कठिन हुने बताइन् । सहभागीहरुले अभिमुखीकरण कार्यक्रमले केही अन्यौलता हटेको भन्दै निरन्तरताको आग्रह गरेका छन् । साउदको अध्यक्षतामा भएको कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष लालप्रसाद शर्माले स्वागत गरेका थिए भने सचिव विशन क्षेत्रीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width