Worldlink ads

शुक्लागण्डकीको बजेट सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७५
khairenitar

खैरेनीटार, २१ साउन । शुक्लागण्डकी नगरपालिकाको तेस्रो नगर सभाबाट पारित आर्थिक वर्ष२०७५/७६ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले नगरपालिकाको वाषिर्क विभिन्न कार्यक्रमबारे जानकारी गराए। उनले ६७ करोड ७५ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए।

बजेटको आयतर्फसंघीय सरकार वित्तीय समानीकरण अनुदानबाट १४ करोड ५ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ९३ लाख २३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट १ करोड २५ लाख ४८ हजार, प्रदेश सरकार सवारीसाधन करबाट ७८ लाख १९ हजार ३ सय ११, संघीय सरकार सर्ःशर्त अनुदानबाट २४ करोड ७ लाख, सडक बोर्ड नेपालबाट ५० लाख, सामाजिक सुरक्षाबाट ९ करोड ३० लाख, गरिबसँग विश्वेश्वरबाट ४ लाख, आन्तरिक स्रोतबाट ५ करोड, नगर सहभागिताबाट २ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

यस्तैगरी, व्ययतर्फवडागत विकास खर्चमा ९ करोड ९९ लाख ८१ हजार २ सय ४, नगरस्तरीय पूर्वाधार योजनामा १२ करोड ३८ लाख, सामाजिक विकासमा २ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ७४ लाख, वन वतावरण र विपद् व्यवस्थापनतर्फ५८ लाख, संस्थागत सेवा तथा सुशासनतर्फ४९ लाख, सर्ःशर्त अनुदानतर्फ२४ करोड ७ लाख, प्रशासनिक खर्चमा ६ करोड ७५ लाख, सामाजिक सुरक्षामा ९ करोड ३० लाख र गरिबसँग विश्वेश्वरमा ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रमुख अतिथि केन्द्रिय सांसद केदार सिग्देलले व्यावसायिक, वैज्ञानिक, कृषि पेशा अपनाउनु पर्ने बताए। उनले जल, जमिन, जंगल, खनिज जस्ता अनुपम निःशुल्क प्राप्त प्राकृतिक उपहारलाई सही सदुपयोग गर्नुपर्ने पनि जनाए।

प्रदेश सांसद आशा कोइरालाले गण्डकी प्रदेशलाई नमूना बनाउने गरि कार्यविधि निर्माण भइरहेको बताइन्। उनले कृषि, पर्यटन, उद्योग र भौतिक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना प्रदेश सरकारले बनाउँदै गरेको पनि जनाइन्। यस्तै, केन्द्रबाट आउने विकासलाई स्थानियले नकारात्मक रुपमा लिन नहुने पनि बताइन्।

कार्यक्रममा नेकपाका श्रीप्रसाद श्रेष्ठ, साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रिय सहसचिव रामचन्द्र उपाध्याय, सामुदायिक वन उपभोक्ता महासंघ, तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ तिम्सिना, नेकपाका परशुराम भण्डारी, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेपाली काँग्रेसका शुक्लागण्डकी नगर सचिव गोविन्द भट्टर्राई, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सूर्यकला ढकाल, दुलेगौंडा बजार इकाइ सभापति राजकुमार वाग्ले लगायतले बोलेका थिए।

नगरपालिकाकी उपमेयर सविता रसाईलीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत नवराज पण्डित र सञ्चालन सूचना अधिकारी त्रिलोचन लम्सालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • फणीन्द्रमान औद्योगिकीकरणका पर्याय

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष फणीन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । संघका…
    • सिजीको दसैं र तिहार योजना

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…
    • जय कालिका प्लास्टिक उद्योग पाँचौं वर्षमा

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी…
    • बुद्ध विशाल बजारमा बधाई

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले नवगठित कार्यसमिति संयोजक तथा सदस्यलाई बधाईसहित परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads