Worldlink ads

जोशी बिदामा बस्ने

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५

पोखरा, १९ साउन । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएका छन्।

उनी आइतबारदेखि बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्ने सवोर्च्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए। समितिको औपचारिक निर्णय आएपछि उनले राजीनामा दिने-नदिने बारेमा सोच्नेछन् ।

उनले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि नैतिकताका आधारमा राजीनामा दिन्छन् कि दिन्नन् भन्ने आमचासो छ। उनले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्छन्।

संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संविधानमा उच्च नैतिक चरित्र भएका र सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशलाई प्रधानन्यायाधीश हुने व्यवस्था गरेको छ। योग्यता पुगेकामध्ये वरिष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने चलन थियो। वरिष्ठलाई मात्र प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था भने छैन। यसपालि समितिले दुर्इतिहाइ मत आधारमा परिषद्को सिफारिसलाई अस्वीकृत गरेको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग