मस्र्याङ्दीले २ जनालाई बगायो

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५

लमजुङ, १९ साउन । मस्र्यार्ङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना किशोर बेपत्ता भएका छन् । प्रहरीले १ जनाको सकुशल उद्धार गरेको छ ।

बेपत्ता हुनेमा मस्र्याङ्दी गाउँपालिका- ९, सिम्पानीका १५ वर्षीय अजित थापा, वेशीशहर नगरपालिका- ६, ममैडाँडाका १५ वर्षकै योगेन्द्र रिमाल रहेको प्रहरीले जनाएको छ।

पौडिन गएका ३ मध्ये मकैडाँडाका १५ वर्षे प्रतीक रिमालको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल पठाइएको उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए। करीब ४५ मिनेट पानीमा पौडिरहेका रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन् ।

उनीहरू वेशीशहर नगरपालिका- १ स्थित चिप्लेटीबाट मस्र्याङ्दी नदीमा पौडीन हाम फालेका थिए । साथीसँगै गएका मकैडाँडा निवासी सुमित रिमाल पौडी नखेली बसेका र साथीहरू वेपत्ता भएपछि प्रहरीलाई तत्काल खबर गरेका थिए । प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ । सोही दिन वेशीशहर-१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ । नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width