पोखरा, १९ साउन । हिमाअस मिस पोखरा-२०१८ दशौै संस्करणको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ।
अडिसनमा १७ वर्षदेखि २४ वर्षसम्मका २५ जना युवती सहभागी भएको कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए। दोस्रो चरणको अडिसन भदौ २ मा हुने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए।
पोखरा जेसिजको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको फाइनल असोज २० मा हुनेछ ।
विजेताले मिस नेपालको अन्तिम प्रतिष्पर्धामा स्वतः सहभागी हुने मौका पाउनेछन् भने एक सातासम्म अष्टे्रलिया भ्रमण, नगद र क्राउनसँगै विभिन्न पुरस्कार पाउनेछ ।
यस्तै, प्रतियोगीहरु विभिन्न विधाका १३ शीर्षकमा आफ्नो क्षमता प्रदर्शन गरी विजयी हुन सक्नेछन् । युवा नारीहरुको व्यक्तित्व र नेतृत्व विकास सँगै अन्तरिनिहित प्रतिस्र्पर्धात्मक क्षमताको विकासको लागि मिस पोखरा कार्यक्रमलाई मिस नेपाल पछिको दोस्रो ठूलो कार्यक्रमको रुपमा हेरिन्छ।
Related News
सम्बन्धित समाचार
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
पोखरा १३ मा निशुल्क तालिम
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१