कृस्तीमा लागु औषध सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
lagu

पोखरा। पोखरा २१, रामदीमा लागु औषधसम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो।

वडाध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लब सदस्य, आमा समूह, टोल विकास संस्थाका सदस्यको सहभातिगा रहेको थियो।

एक हाते युवा क्लबको आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा छोरेपाटन चौकीका प्रमुख प्रहरी नायव निरीक्षक होतबहादुर रोकाले लागु औषधको परिचय, प्रकार, सेवनकर्ताको लक्षण, कानुनी व्यवस्थाबारे प्रशिक्षण दिए ।यस्तै, छोरेपाटन चौकीको आयोजनामा पोखरा १७, वाराही टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई लागु औषधसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width