अलि मियाँ स्मृति दिवसमा सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
alimiya

पोखरा, १८ साउन। लोककवि अलि मियाँको शतवाषिर्की तथा १२ औं स्मृति दिवस सर्न्दर्भमा झोरा तथा घाटु नाच संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा गायिका मनकुमारी गुरुङलाई सम्मान गरिएको छ ।

लोककवि अलि मियाँ वाङ्मय प्रतिष्ठानले स्याङ्जाको ज्यामिरेमा आयोजना गरेको समारोहमा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले उनलाई सम्मान गरेकी हुन्।

सो क्रममा मेयर क्षेत्रीले लोककवि अलि मियाँले देखाएको बाटो हिड्न सके साहित्यको विकास हुने बताइन्। उनले यस क्षेत्रको साहित्य तथा लोक संस्कृतिको विकास गर्न सक्दो सहयोग गर्ने बताउँदै धर्म र संस्कृति बचाउन नगरपालिका लागिपर्नै प्रतिबद्धता गरिन् ।

सम्मानित व्यक्तित्व गुरुङले प्रतिष्ठानको सम्मानप्रति आभार व्यक्त गर्दै झोरा,घाटु र झाप्प्रेको विकासमा आफू सधैँ लागिपर्ने बताइन् ।

कार्यक्रममा नवदृष्टि युवा परिवारका अध्यक्ष भक्तबहादुर गुरुङले लोपोन्मुख झोरा,घाटु र झाप्प्रे नाच बचाउन यो सम्मानले गाउँवासी नै उत्साहित भएको बताए।

ज्यामिरे टोल विकास संस्थाका अध्यक्ष सनबहादुर गुरुङले प्रतिष्ठानले गाउँ-गाउँमा आएर सम्मान गरेकोमा खुशी व्यक्त गरे।

प्रतिष्ठान अध्यक्ष हनिफँ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य पदमराज उदासीले स्वागत र कोषाध्यक्ष तुलसी प्रवासले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width