Worldlink ads

महानगरको कारबाही

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७५

पोखरा, १७ साउन। पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिइएको हो। महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर मार्फत ठेकेदारको जिम्मा लगाइएको थियो। तोकिएको समयमा काम नगरेपछि उनीहरु कारबाहीमा परेका हुन्। महानगरले सबै ठेकेदारलाई पत्र पठाएर जरिवाना बुझाउन निर्देशन गरेको छ। महानगरले गएको वर्ष ३० वटा कनेक्टिङ रोडमा काम गरेको हो। जसमध्ये २६ वटा सडक टेण्डरमार्फत र ४ वटा उपभोक्ता समितिमार्फत काम गरिएको छ। उपभोक्ता समितिका लागि चाहीँ म्याद थप भएको र ठेकेदारलाई कारबाही गरिएको महानगरले जनाएको छ।

पाँच वटा सडकका लागि जिम्मेवारी लिएका कम्पनीले समयमै काम सम्पन्न गरेका छन् भने ३ वटा ठेकदारले तोकिएको म्याद नाघेपछि जरिवाना तिरेरै काम सकेका छन्।

समयसीमा नाघेर काम सम्पन्न गर्ने ३ निर्माण कम्पनीबाट महानगरले जरिवानावापत १ लाख ३० हजार रुपैयाँ जरिवाना असुल उपर गरेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।

बाँकी १८ वटा कम्पनीसँग १७ लाख ३७ हजार रुपैयाँ जरिवाना असुलउपर गरिने उनले बताए। ‘पहिलो प्रयास भएकोले ठेकेदारलाई मात्रै कारबाही गरिएको हो। अको वर्षदेखि समयमा काम नगर्ने उपभोक्ता समिति पनि कारबाहीमा पर्छन्,’ उनले भने।

पोखरा महानगरले उपभोक्ता समितिसम्बन्धी कार्यविधिको मस्यौदा बनाएर कार्यपालिकामा छलफल गरिरहेको छ। काम नसक्ने ठेकेदारलाई नसकिँदासम्म दैनिक कन्ट्याक्ट रकमको ०.०५ प्रतिशतले जरिवाना थपिने उनको भनाइ छ।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads