पोखरेलीको कवितासंग्रह विमोचित

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७५

पोखरा, १७ साउन। लोककवि अलि मियाँको १२ औं स्मृति दिवसका सन्दर्भमा साहित्यकार गेहेन्द्रभूषण पोखरेलीको कवितासङ्ग्रह “तसवीर र कवितामा मेरो प्राकृत पोखरा” कवितासंग्रह विहीवार विमोचन गरियो।

प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कवितासंग्रह विमोचन गर्दै साहित्यले सधैँ विकृति, विसङ्गतिविरुद्ध तथा राष्ट्रियता र  देश निर्माणका पक्षमा सन्देश दिने भएकाले साहित्यकारका विचार र भावनााई राजनीतिज्ञले आत्मसात गर्नुपर्ने बताइन्। कवितासङग्रह समीक्षा गर्दै समालोचक प्राडा रविलाल अधिकारीले पोखरेलीका कवितामा प्रकृति र राष्ट्रियताको गहिरो भाव रहेको बताए।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, साहित्यकार डा. बाबुराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदेवी कोइरालाले र सञ्चालन सचिव पद्मराज ढकालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width