Worldlink ads

शान्तिसुरक्षामा कुनै सम्झौता हुँदैन : प्रजिअ

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७५

पोखरा, १६ साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । जिल्लामा हालैमात्रै सरुवा भइ आएका प्रजिअ बुढाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने, ‘शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’

उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल सुधार गरिने बताए । उनले सरकारी कार्यालयमा बिचौलियाको प्रवेशलाई कडाइ गरिने प्रतिबद्धता समेत गरे । कास्कीका मालपोत, यातायातलगायत सबै कार्यालयमा बिचौलिया निषेधलाई कडाइका साथ कार्यान्वयन गरिने उनले बताएका हुन् । मंगलबारबाट जिल्लामा हाजिर भएका प्रजिअ बुढाले सरकारले घोषणा गरेको सिण्डिकेट कास्कीमा पूर्ण रुपमा लागू गर्ने बताए । उनले भने, ‘कास्कीमा समितिको नाममा, एनजिओ, आइएनजिओलगायत नाममा भएका सबै सिण्डिकेट अन्त्य हुन्छ, अब तिनीहरुको नवीकरण हुँदैन ।’

पोखराको पर्यटकीय क्षेत्र फेवाताल तथा बसपार्क लगायत क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणबारे आफू जानकार भए पनि त्यसमा निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकाले पोखरा महानगरपालिकाले गरेका निर्णय अनुसार कार्यान्वयन गर्ने जानकारी दिए ।उनले राज्यले दिन नहुने भनेका बाहेक सबै सूचना उपलब्ध गराउने पनि बताए । उनले भने, ‘आवश्यक सबै सूचना उपलब्ध गराउँछौ ।’

बुढा मकवानपुरबाट सरुवा भइ कास्कीमा आएका हुन् । यसअघिका कास्कीका प्रजिअ तारानाथ अधिकारी अद्यागमन कार्यालयमा सरुवा भएका छन् ।

Related News

सम्बन्धित समाचार

    • शवदाह गृहको शिलालेख अनावरण

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ । स्थानीय चन्दादाता र सामुदायिक वनको…
    • सुइँखेतवासी ४० वर्षदेखि पानीको प्रतीक्षामा

      श्रीभद्र पौडेल असाेज ११, २०७८
      हेमजा । पोखरा–२५, सुइँखेतकी भगवती अधिकारी आइतबार बिहान निकै प्रशन्न देखिइन् । उनले गाउँको १ कार्यक्रममा सहभागी २० बढी अतिथिलाई…
    • सोलारको प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      लेखनाथ । कास्कीको रुपा गाउँपालिकास्थित नेपाल सोलार फार्म आयोजनाबाट उत्पादित ३३ केभी विद्युत प्रसारण लाइन बिस्तारमा पोखरा ३० र ३१…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…
    • १० देशका राजदूत एकै पटक पोखरामा

      विजय नेपाल असाेज १०, २०७८
      पोखरा, १० असाेज । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads