कंगारु एड्मिसन डे अष्ट्रेलिया हुँदै

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५
Print ad.ai

पोखरा, १५ साउन । कंगारु एजुकेशन फाउण्डेशन पोखराले अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थी लक्षित गरी पोखरामा कंगारु एड्मिसन डे अष्ट्रेलिया आयोजना गर्दैछ ।

चिप्लेढुंगास्थित सेलवेज टावरमा साउन १८ र १९ गते हुने सो कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेट गरी सम्पूर्ण जानकारी लिन सक्नेछन । साथै आफूलाई उपयुक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुविधा प्रदान गर्ने गरी यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टीआर काफ्लेले बताए ।

पछिल्लो समय नेपाली विद्यार्थीको अष्ट्रेलियाप्रति बढ्दो रुची र सहज भिसा पद्दतिका कारण वर्षमा ३ पटक भर्ना लिइने अष्ट्रेलियाका लागि सो कार्यक्रममार्फत नोभेम्वर तथा फेब्रुअरीका लागि निवेदन स्वीकार गरिनेछ ।

बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने कंगारु एड्मिसन डे मा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्तांक आधारमा विभिन्न कलेज तथा यूनिभर्सिटीको छात्रवृति उपलब्ध गराइने जनाइएको छ ।

कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक कर्जाबारे जानकारी गराउन सिर्द्धार्थ बैंकले पनि आफ्नो सहभागिता जनाएको छ ।

अन्य शैक्षिक मेलाभन्दा फरक किसिमले आयोजना गरिएको सो कंगारु एड्मीसन डे मा  सहभागिता जनाउने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले विशेष गिफ्ट हृयाम्परको पनि व्यवस्था गरेको छ ।

सो मेलामा अष्ट्रेलियास्थित ११ वटा कलेज तथा यूनिभर्सिटीको प्रत्यक्ष सहभागिता रहने संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले बताइन् । फाउण्डेसनले यसअघि काठमाडौंमा सो कार्यक्रम गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width