सुजुकीको स्वीफ्ट एक्सचेञ्ज

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५
Suzuki Exchange

पोखरा, १५ साउन । मारुती सुजुकी ब्राण्डको लोकप्रिय गाडी स्वीफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ।

तीनदिनसम्म भएको सो कार्यक्रमअन्तगृत अन्तिम दिन मंगलबार ७ वटा स्वीफ्ट गाडी बिक्री भएको र ६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ।

सुजुकीको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालिले साउन १३ देखि १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो।

एक्सचेञ्जमा ११.९९ प्रतिशत व्याजदर, पुरानो गाडीको उचित मूल्यांकन तथा ४० हजार एक्सचेञ्ज वोनस प्रदान गरिएको बतास व्रदर्श मारुती सुजुकी डिपार्टका बिक्री प्रबन्धक नवराज अधिकारीले जानकारी दिए।

सुजुकीको नेपालको आधिकारिक बिक्रेता सिजी मोटोर्कपले देशभर एकै साथ एक्सचेञ्ज कार्यक्रम संचालन गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width