लमजुङ, १४ साउन । लमजुङका ७१ वर्षे एक वृद्ध बेपत्ता भएको ४७ वर्षपछि घर सम्झेर फर्केका छन् ।
वेशीशहर नगरपालिका-२, भकुण्डेमा स्थायी बसोबास भएका प्रेमबहादुर खड्का सर्म्पर्कविहीन भएको ४७ वर्षपछि घर फर्केका हुन्। खड्कालाई गाउँ आउँदा बुढापाकाले मात्र चिनेका र उनले पनि थोरैमात्र पाको उमेरकालाई चिनेका छन्। उनले भने, ‘बाचेर गाउ’ र्फकन्छु भन्ने सोचेको थिइन’, जन्मथलो आए’, सबैसँग भेटघाट भयो, खुशी लागेको छ’।
उनले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फाराममा काम गर्दै आएको जानकारी दिए। उमेर ७१ वर्ष नाघे पनि प्रेमबहादुरको अहिलेसम्म नेपाली नागरिकता छैन। उनले भने, ‘७० वर्ष पुगेपछि यहा’ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो। तर मेरो बुबाआमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन।’
बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा मात्र १४ दिन काजकिरियाको लागि आएको र त्यसपछि भारत गएका प्रेमबहादुर बल्ल गाउँ सम्झेर फर्केका हुन्।
धेरै वर्षपछि घर र्फकने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको दु:खेसो प्रेमबहादुरको छ। उनका अनुसार ७ जनाको समूहले आफ्नो साथमा रहेको २३ हजार भारतीय रुपैयाँ पनि लुटेको लगे। कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयकै स्थानीयले फेला पारेर बचाएको उनी सम्झन्छन् ।
आफू बेवारिसे स्थितिमा अलपत्र परेको बेला प्रेमबहादुरलाई लमजुङको धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन्। ती व्यक्तिले घर धमिलिकुवा भने पनि नाम याद नभएको प्रेमबहादुर बताउँछन्। आफू अहिलेसम्म अविवाहित नै रहेको बताउने उनले आफ्नो जन्ममिति २००४ साल वैशाख १४ गते भएको बताए।
उनका अनुसार बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टकिा छोरा अर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग बसेका छन्।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९