सरकारलाई समर्थन यथावत्: नेता महतो

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७५

काठमाडौ’, १४ साउन। राष्ट्रिय जनता पार्टीनेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबार यहा’ आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए।

नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको उल्लेख गर्दै पार्टीकाे महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने छ भने।

“सरकारस’ग दुर्इतिहाइ छ, हाम्रो माग र सवाल पूरा गराउन दबाब दिन्छौ’, केही दिनअघि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागका बारेमा पुन:स्मरण गराएका छौ’, मुलुकको समस्या समाधान गर्नुहोस्, दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवाल संविधान संशोधनमार्फत् हल गर्नुहोस् भनेका छौ'”, उनले भने।

नेता महतोले मधेश आन्दोलनकाबेला नेता तथा कार्यकर्तालाई लगाइएको झुठा मुद्दा फिर्ता र बन्दी रिहाइको माग गर्दै दुवै छिमेकी मित्रराष्ट्रस’ग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए। संघीय समाजवादी फोरमस’ग एकताको कुनै सम्भावना नरहेको बताउ’दै उनले प्रमुख प्रतिपक्षी दल नेपाली का’ग्रेसस’ग गुण र दोषका आधारमा सम्बन्ध स्थापित हुने स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width