Worldlink ads

धमेन्द्रलाई, दयाशंकर पत्रकारिता सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५
Dharmendra Jha

पोखरा, १३ साउन ।सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किमजोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् ।

दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धमेन्द्र झालाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको दुर्इ तिहाइबाट नआत्तिन आग्रह गरे ।

‘काँग्रेस पनि नेपालकै माटोमा हुर्किएको हो । कम्युनिष्ट पनि यही माटोको उत्पादन हो,’ उनले भने, ‘कम्युनिष्टले जित्दा चाहीँ आत्तिनुपर्ने के छ ? नेपालको कम्युनिष्ट स्टालिन र किमजोङ उनबाट प्रशिक्षित भएको पार्टीहोइन, मदन भण्डारीले दिक्षित गरेको पार्टीहो ।’

उनले सञ्चार क्षेत्रमा नयाँ कानुनको निर्माणमा सरकार लागेको बताएका छन् । साना लगानीका सञ्चार माध्यमको विज्ञापन सम्बन्धी खास कानुन निर्माणको काम थालेको उनको भनाई छ । पत्रकारिताको खास मानक हुने भन्दै उनले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । ‘डिजिटल सञ्चारमाध्यमको वर्गिकरण हुँदैछ । सामुदायिक र व्यावसायिक रेडियोको वर्गिकरण, मिडिया काउन्सिलको स्थापनालगायतका काम अघि बढिसकेको छ,’ उनले भने, ‘सञ्चारमाध्यम आलोचक हुनुपर्छ । सरकारलाई फिडब्याक आउँछ ।’

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सञ्चार माध्यमले सकारात्मक आलोचना गर्नुपर्ने बताए ।

मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । गण्डकी प्रदेशका विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले चाहीँ सञ्चार माध्यमले प्रतिपक्षको आवाज निकाल्नुपर्ने बताए । उनले बलियो लोकतन्त्रमा सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । सम्मान ग्रहणपछि झाले पत्रकारिताको विश्वसनीयतालगायतका विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने जनाए । उनले पत्रकारिता सँधै स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

पुरस्कारका संस्थापक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रतिभा छनौट समितिका संयोजक माधव शर्मालगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद तिमिल्सीनाले गरेका थिए भने उपाध्यक्ष विमला भण्डारीले स्वागत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • दीपक समीपकाे मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लोकार्पण

      आदर्श समाज सम्वाददाता माघ २, २०७८
      पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा…
    • गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले थकाली, थारु,…
    • लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ । समारोहमा कवि शिरोमणि…
    • एलबीका कवितामा रमे कविता पारखी

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद,…
    • समता काव्य सन्ध्याको ३४३ औं शृंखला

      आदर्श समाज सम्वाददाता पौष ५, २०७८
      पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३…

    hero news full width