Worldlink ads

सुनचाँदी व्यवसायी संघ कास्कीको साधारणसभा

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५
Sun Chandi Sangh Kaski

पोखरा, १३ साउन । सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । त्यस अवसरमा संघको भवन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभाले महासचिव मनबहादुर लाम्गादेले प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष सोभितमान बुद्वाचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभा उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सरकारसँग छलफल गरी सुनचाँदी व्यवसायीका लागि छिट्टै निदेशिका जारी गर्ने तयारी भैरहेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायिक एकतामा जोड दिए ।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक विशाल तामाङ्, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य केशबहादुर सुनार, पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष डीबी भुजेल, फर्निचर एवं फर्निसिङ व्यवसायी संघका अध्यक्ष हिरामणि पण्डित, फ्लोरिङ फर्निसिङ् व्यवसायी संघका अध्यक्ष माधव भण्डारी, म्याग्दी सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रप्रकाश बराइली, पर्वतका अध्यक्ष विकास सुनार, तनहुँका अध्यक्ष कृष्णबहादुर सुनार, गोरखाका बरिष्ठ उपाध्यक्ष टेकबहादुर सुनार, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका उपाध्यक्ष रामबहादुर वि.कं र स्वर्णकार कल्याण समिति कास्कीका उपाध्यक्ष राजेश खड्काले बोलेका थिए ।

सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भविन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन र महासचिव मनबहादुर लाम्गादेले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…
    • नेप्से बढ्यो, कारोबार रकम बढेन

      रासस असाेज ६, २०७८
      काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो…
    • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

      आदर्श समाज सम्वाददाता असाेज ५, २०७८
      काठमाडौं, ५ असोज । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads