डीएलएको १० औं महाधिवेशन

सरकारका कारण आन्दोलन : देउवा

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
Deupa 2

चितवन, १२ साउन  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले काँग्रेसलाई आन्दोलनमा जान बाध्य बनाएको बताएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) को १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार नवलपुरको गैंडाकोटमा सम्बोधन गर्दै उनले आन्दोलनमा जानु काँग्रेसको रहर नभएर बाध्यता भएको बताए।

सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नुपरेको बताउँदै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे। सरकारले अहिले गरेका कतिपय निर्णयहलोकतन्त्रको बिरुद्धमा रहेको भन्दै उनले जनआन्दोलनबाट प्राप्त गरेका उपलब्धि र संबिधानको रक्षाका लागि काँग्रेस सडकमा जान बाध्य भएको बताए। उनले भने, ‘कम्युनिष्ट नीति र शिक्षाले उनीहहुर्केका छन् त्यसैले चुनाव जितेरै आएका भए पनि कम्युनिष्ट शासन ल्याउने प्रयास उनीहरुबाट हुन्छ हुन्छ। त्यसलाई हामीले रोक्नु पर्छ।’

सरकारले संविधानभन्दा माथि उठेर निर्णय गरेको आरोप लगाउँदै उनले यस्तो कार्यले लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए। देशमा प्रजातान्त्रिक मूल्य, मान्यता र कानूनी राज्यप्रति नजानिदो तरिकाले आक्रमण हुँदै गएको भन्दै उनले कानून व्यवसायीहरुलाई चनाखो हुन आग्रह गरे। देउवाले भने, ‘अहिले जुन तरिकाले न्यायालयमाथि हस्तक्षप गर्न खोजिएको छ, यसलाई सबै मिलेर रोक्नु पर्छ,’ देउवाले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कर्न्र्फन्टेसनमा जाने हो कि मिलेर जाने ?’

नेपाली काँग्रेस कमजोर बनेको स्वीकार गर्दै उनले भने, ‘काँग्रेस एउटा पार्टीभएर पनि दुर्इ पार्टीजस्तो भएका कारण कमजोर बनेको छ। कम्युनिष्टहदुर्इ पार्टीहुँदा पनि एकै पार्टीजस्तो भएर निर्वाचन लड्दा काँग्रेस पराजित हुनु पर्‍यो।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सरकार सञ्चालनको शैली देख्दा लोकतन्त्रका लागि अनिष्टको संकेत देखिएको बताए। संसदीय समितिले प्रधानन्यायाधीशको नाम सिफारिस भएको व्यक्तिको सुनुवाई सके पनि तत्काल निर्णय नआउनु शंकास्पद भएको बताए। उनले भने, ‘सुनुवाइ सकिएपछि तत्काल निर्णय आउनुपर्नेमा रहस्यमय ढंगले रोकिएको छ। यसमा केही राजनीति मिसिएको हुनुपर्छ।’ उनले आशंका व्यक्त गर्दै भने, ‘बहुमत छ, जताततै प्रयोग गर्ने हिम्मत गरेको पो हो कि।’

सभामुख उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थालाई पनि सत्तारुढ दलले पालना नगरेको पौडेलले बताए। उनले भने, ‘संघीय र प्रदेश संसद्मा सभामुख उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने प्रावधान छ। अहिले दुवै पदमा सत्तारुढ एकै पार्टीका व्यक्तिहहुनुहुन्छ। हामी यसो नगर्नुस् भन्छौ तर उहाँहरकमी कुरा गरेर संविधानलाई कुल्चदै हुनुहुन्छ।’

अहिलेसम्म प्राप्त गरेको अधिकारी र संविधानको बिरोधमा सरकार चल्न लागेको भन्दै उनले यसको विरोध गर्नु आवश्यक रहेको बताए। पौडेलले भने, ‘अहिले झण्डा ओडेर सबैलाई सखाप पर्ने परिस्थिति आउँदै छ, यसलाई रोक्नु पर्छ।’  अहिले काँग्रेसले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै रहेको भन्दै उनले आवश्यक परे जनतालाई सडकमा उतार्न पनि काँग्रेस तयार रहेको बताए।

कार्यक्रममा काँग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार संघीय संरचना र संबिधानलाई ध्वस्त बनाउने बाटोतर्फ उन्मुख भएको आरोप लगाए। उनले भने, ‘अहिलेको सरकारको रबैया हेर्दा जनता आतंकित भई सकेका छन्। यो बाटो भनेको अधिनायकवादको बाटो हो।’ यसलाई रोक्न ठूलै आन्दोलनको आवश्यकता रहेको उनको भनाइ छ।

कार्यक्रममा सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महमन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेल लगायतले काँग्रेसलाई एकढिक्का बनाएर सरकारका गलत क्रियाकलापको विरोध गर्नुपर्ने बताए। उद्घाटन सत्र एशोसिएसनका अध्यक्ष भरत खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। महाधिवेशनले संघीयता अनुरुपको विधान पारित गर्दै आइतबार ४७ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभरबाट १ हजार १ सय ३१ प्रतिनिधिको सहभागिता रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width