राप्रपा प्रदेश कार्यसमितिमा हेमजंग

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५

पोखरा, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमिति गठन गरिएको छ ।

राप्रपा केन्द्रिय सहमहामन्त्री हेमजंग गुरुङको अध्यक्षतामा गठित २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी (तनहुँ), देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की) छन् ।

यस्तै, सचिव बरुणविक्रम राणा (कास्की), प्रवक्ता नवराज बसौला (लमजुङ), कोषाध्यक्ष पञ्चराम गुरुङ (स्याङ्जा) र सहसचिव कृष्णराज अधिकारी (कास्की) चयन भए ।

सदस्यमा छमकला कुँवर, चन्द्रवती पन्त, एकेन्द्र रावल, ठाकुरप्रसाद भुषाल, नारायण गुरुङ, कृष्णप्रसाद पौडेल, रामचन्द्र अर्याल, अजित थकाली, कल्याण गुरुङ, सुदीप ढकाल, क्या. राजकुमार थापामगर र ठाकुरप्रसाद शर्मा रहेको कोषाध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष हेमजंग गुरुङले आगामी चैतसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार पोखरामा आइतबार राप्रपा गण्डकी प्रदेश कार्यसमितिको पहिलो विस्तारित बैठक बस्नेछ । न्यूरोडस्थित होटल दर्शनमा हुने सो बैठकले कार्यसमिति विस्तार गर्नेछ । यस्तै, साउन २५ मा हुने राप्रपा गण्डकी प्रदेश कार्यसमितिको कार्यालय उद्घाटन तथा हिन्दू राज्य पुनःस्र्थापना राष्ट्रिय जनजागरण कार्यक्रम तयारी सिलसिलामा बैठक बस्न लागेको कार्यसमिति सचिव बरुणविक्रम राणाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width