Worldlink ads

धिताल पोखरा सेवा समाज पाँचौं अधिवेशन, अध्यक्षमा ढुङगाना

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
Dhital pokhara Samparka samaj photo

पोखरा, १२ साउन। धिताल पोखरा सेवा समाजको १२ औं वाषिर्क साधारणसभा तथा पाँचौं अधिवेशन शनिवार सम्पन्न भयो।

अधिवेशनको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए।

सोही समारोहमा समाजका २०७४ को एसर्इइ उत्तीर्ण छात्रछात्रालाई सम्मान गरिएको थियो।

त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले धिताल पोखराको नजिक रहेको र पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण गाउँ भएकोले उपयुक्त पर्यटन कृषि व्यवसायतर्फ ध्यान दिन आग्रह गरे।

उनले प्रदेश सदरमुकामसँग जोडिएको गाउँमा धेरै सम्भावना रहेकोले अब पिछडिएर बस्नु नपर्ने बताए।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढु·ानाले पुख्यौर्ली आर्जनको रूपमा रहेको गाउँको जग्गालाई बाँझो नराख्न आग्रह गरे।

पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले समाजको आफ्नै भवन हुनुपर्नेमा जोड दिँदै आफू आर्थिक सहयोग गर्न समेत तत्पर रहेको जानकारी दिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष मनोरथ सापकोटा, सल्लाहकारहरू रामचन्द्र गौतम, योगराज पौडेल, टेकनाथ गौतम, सहसचिव प्रेमनारायण अधिकारी, पूर्व शिक्षक कृष्णप्रसाद पौडेल, जयकोट धिताल महिला बचत तथा ऋण सहकारी संस्थाका अधयक्ष प्रभाकुमारी गौतम, कोषाध्यक्ष इन्दिराकुमारी ढुङगानाले समाजलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सचिव सोमनाथ ढुङगानाले वाषिर्क प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष मोतीप्रसाद ढुङगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद ढु·ानाले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन सचिव सोमनाथ ढुङगानाले गरेका थिए।

यसैबीच, अधिवेशनले विष्णुप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा लक्ष्मण पौडेल, सचिवमा सुनिल गौतम, कोषाध्यक्षमा प्रेमनारायण अधिकारी र सहसचिवमा बलराम अधिकारी चयन भए ।

सदस्य जगना गुरुङ, हरिकृष्ण पौडेल, अम्बरबहादुर क्षेत्री र रामकृष्ण ढुंगाना छन् ।

टेकनाथ गौतम संयोजक रहेको निर्वाचनमण्डल सदस्यमा खिमलाल अधिकारी र डिल्लीप्रसाद ढुंगाना थिए ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग