नेपालमा अष्टे्रलियन फुटबल

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५

पोखरा, १२ साउन । अष्टे्रलियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुर्इ पक्षबीच पोखरामा सहमति भएको छ।

अष्टे्रलियामा रही नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लब, हिमालयन लियोपार्ड फुटी क्लबबीच सम्झौता भएको हो।

इन्स्टिच्युटका नेपाल प्रतिनिधि स्टेफन होफम्यान र लियोपार्ड क्लबका अध्यक्ष डिल्ली कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतामा इन्स्टिच्युटले आगामी कात्तिकसम्म क्लबलाई झण्डै १ लाख बराबरको जर्सीसहयोग गर्नेछ भने क्लबले उक्त जर्सीा इन्स्टिच्युटको लोगो प्रयोग गर्नेछ। खेलको विकासका लागि आगामी दिनमा दुवै पक्षले आपसमा सहयोग तथा सहकार्य पनि गर्नेछन्।

स्टेफनले अष्ट्रेलियाको लोकप्रिय खेल नेपालमा सञ्चालनार्थ सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

लियोपार्ड क्लबका सल्लाहकार समेत रहेका अष्ट्रेलिया-नेपाल अर्गनाइजेशनका अध्यक्ष प्रोफेसर डा दामोदरप्रसाद पोखरेलले नेपालमा यो खेलको विकासका लागि काठमाडौ, पोखरा र उदयपुरमा समिति गठन गरिने बताए।

सल्लाहकार नारायण पहारीले सो खेल प्रचार-प्रसार र व्यापक बनाउन स्कूले कार्यक्रमहसञ्चालन गरिने बताए।

क्लब सल्लाहकार तथा पोखरा होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरामा फुटी मार्फत खेलपर्यटनको विकास गर्न सकिने जनाए।

कार्यक्रम सञ्चालन क्लब सचिव रामचन्द्र कोइरालाले गरेका थिए।

झण्डै ६ महिना अघि नेपाल भित्रिएको सो खेल कास्की जिल्ला खेलकुद विकास समितिमा क्लबका रुपमा दर्ता गरिएको छ। खेलमा हातखुट्टा दुवैको प्रयोग हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width