लायन्स डाउन टाउनको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
down town

पोखरा, १२ साउन। लायन्स क्लब अफ पोखरा डाउन टाउनले शनिबार पोखरा २१ मा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले वर्ष २०१८/०१९ को पहिलो कार्यक्रम रुपमा निर्मलपोखरीको १०८ पीपल संरक्षण समितिद्वारा संरक्षित सामुदायिक वनमा पीपलका बिरुवा रोपेको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक ३२५ वि १ का डिपार्टमेन्ट अफिसर प्रमोद लामिछाने, डिष्ट्रिक किमिटी चियरपर्सन हरिप्रसाद पराजुली, जोन चियरपर्सन रहमोहन सुवेदी, डिष्ट्रिकका चियरपर्सन जनकल्याण पराजुली, क्लबका अध्यक्ष भानुभक्त अधिकारी, सल्लाहकार राजु भण्डारी, सचिव विष्णु सुवेदी, कोषाध्यक्ष अशोक श्रेष्ठ लगायतले लायन्स गतिविधिबारे भनाइ राखेका थिए ।कार्यक्रममा सामुदायिक वनका पदाधिकारी तथा सदस्य र क्लबका सदस्यहरुको सहभागिता थियो।

लायन्स डाउन टाउनले शुक्रवार एक कार्यक्रमबीच पदहस्तान्तण कार्यक्रम गरेको हो। वर्ष २०१७/ १८ का अध्यक्ष हरिप्रसाद पराजुलीले वर्ष २०१८/०१९ का अध्यक्ष भानुभक्त अधिकारीलाई पद हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width