हेमजामा बृहत् सफाइ अभियान

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
photo hemja

हेमजा, १२ साउन।पोखरा उपत्यका बृहत् सफाइ अभियानको ११३ श्रृंखला तथा हेमजा सफाइ अभियानको ८ औं श्रृङंला संयुक्त रुपमा सम्पन्न भएको छ ।

‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने मूलनाराका साथ शुसो अभियानअन्तर्गत  शनिबार मिलनचोकदेखि गैरीसम्मको भित्री बाटो सरसफाइ गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अभियानले समग्र कास्की जिल्लाकै प्रतिष्ठा बढाएको दावी गर्दै सरसरफाईका अलावा गुण्डागर्दी नियन्त्रण, अराजकताको अन्त्यमा पनि समुदायले ध्यान दिनुपर्ने बताए।

एसपी रानाले टोलेगुण्डा, लागुऔषध, विकृति, विसंगतिको अन्त्यका लागि कास्की प्रहरी चनाखो रहेको दावी गर्दै समाजलाई सभ्य बनाउने दायित्व नागरिकको पनि भएको जनाए।

बृहत सरसफाइ अभियान संयोजक रामबहादुर पौडेलले सरसफाइ अलावा अब आफूहरुको ध्यान नगर क्षेत्रभित्र रहेका चौतारी र सार्वजनिक जग्गाको संरक्षणमा गएको औँल्याउदै सार्वजनिक जग्गाको हिनाबिना र अतिक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिए।

वडाध्यक्ष शोभाकर तिम्सिनाले बृहत् सफाइ अभियान आमपोखरेलीलाई चेतना जगाउने गतिलो माध्यम बनेको तर्क गर्दै अब हेमजाको मिलनचोक क्षेत्रमा सार्वजनिक शौचालय निर्माणमा वडाले ध्यान दिने बताए।

अध्यक्ष तिम्सिनाले वडामा रहेका सार्वजनिक चौतारोको संरक्षण गरिने र चौतारोमा रहेका रुखहव्यवस्थित गरिने उल्लेख पनि गरेका छन्।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, विष्णुपादुका मावि, हेमजा बोर्र्डिङ स्कूल, स्नो भ्यू बोर्र्डिङ, माछापुच्छे्र महिला क्लब रत्नचोक, ड्यामसाइड टोल विकास संस्था, जनप्रिय मावि स्काउट समूह, मितेरी आमा समूह बैदाम, युनाइटेड युथ क्लब नागढुंगा र पोखरा महानगरपालिका सरसफाइ शाखाले ऐक्यबद्घता जनाएका थिए।

कार्यक्रमबीच वडाध्यक्ष तिम्सिनाले सहभागीलाई सरसफाइ सचेतनाबारे शपथ खुवाएका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width