बेगनासताल सरसफाइको २१ औं श्रृंखला

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
cleanig

लेखनाथ, १२ साउन। बेगनास युवा क्लबको आयोजनामा २१ औैं सरसफाइ श्रृंखला शनिबार सम्पन्न भएको छ।

यस हप्ताको अभियानमा बेगनासतालको बसपार्कदेखि ड्यामसाइडसम्म सरसफाइ गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए। सो अभियानमा लेखनाथ होटल एशोसिएसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, बेगनास बस सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद ढुंगाना, पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, महानगरपालिकाका कानून अधिकृत राममणि अधिकारी, इलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रमुख प्रहरी नायव उपरीक्षक विष्णु कुँवर थापा, बेगनासताल महिला समूह, मन्दिर व्यवसायी समिति, मिलनसार तमु समाज बेगनासतालका अध्यक्ष जीवन गुरुङ लगायतले सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width