Worldlink ads

लेखनाथ सामुदायिक सेवा केन्द्रको सरसफाइ

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७५
lekhnath cleaningshaba kandra

लेखनाथ, १२ साउन। लेखनाथ सामदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रद्वारा पोखरा २७, तालचोकमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ गर्दै वडाअध्यक्ष पूर्णकुमार गुरुङले स्थानीय सरकारको मुखमात्र नताकी आफ्नो घर आँगन आफै सफा गर्नुपर्ने सुझाव दिए । उनले कुहिने फोहर मलको रुपमा प्रयोग गरी करेसाबारीमा प्रयोग गर्न सकिने कुरामा जोड दिँदै नकुहिने फोहर पुनः प्रयोग गर्ने सकिने विचार राखेका थिए।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाकोनाकका प्रहरी उपरीक्षक विष्णुवरसिंह थापाले सरसफाइमा सबै जना सचेत र जागरुक हुँदै आफ्नो कारणबाट निस्िकएको फोहर स्वयंले अन्तिम टुंगो लगाउने हो भने यसप्रकारका सरसफाइ कार्यक्रम नै आवश्यक नपर्ने धारणा राखेका थिए।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश ओझा र संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे संयोजक बुद्धिमाया थापामगरले जानकारी गराएकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads