पालिखेचोक मुआब्जा विवाद टुंगियो

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७५

पोखरा, १० साउन। निरन्तर १३ महिनाको अभ्यासपछि पोखरा पालिखेचोकको मुआब्जा विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकिलो पार्ने निर्णय गरिएकोमा मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो ।

जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्नका लागि निवेदन पेश गरेका छन् । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समितिले असार ११ मा मुआब्जा टुंगाएको हो । मुआब्जा निर्धारण हुने वित्तिकै १५ दिने सूचना जारी गरी मुआब्जा बुझ्न बोलाइएको थियो । सूचनाको म्याद विहीवार सकिएको छ । सो मितिसम्म वसन्त उदास र प्रदीपशंकर पालिखेले मुआब्जा बुझेका हुन् । वसन्त उदासको नाममा सूचना जारी भए पनि सोही कित्तामा ३ जनाको संयुक्त लालपुर्जा रहेकोले उनीहरुको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ । वसन्तसँगै दुधमान उदास, मिश्री उदासको नाममा मुआब्जा दिइएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठले मुआब्जाका लागि निवेदन दिएका छन् ।

समितिले मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिवर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको थियो । सोही अनुसार घरको मूल्य समेत थप गरी मुआब्जा वितरण गरिएको छ । जग्गामा मुआब्जा निर्धारण समितिले टुंगो लगाए पनि घरको हकमा चाहीँ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराले अध्ययन गरेर मुआब्जा टुंगाएको हो । जग्गाधनीमध्ये वसन्त उदासले घरजग्गा गरी कुल ७६ लाख ८३ हजार ५२ रुपैयाँ र प्रदीपशंकर पालिखेले ४५ लाख २४ हजार बुझेका छन् । किशोरादेवी श्रेष्ठको ७३ लाख १६ हजार र कृष्णमान श्रेष्ठको ६६ लाख ९६ हजार रुपैयाँ मुआब्जा छ । मुआब्जा बुझ्न बाँकी रहेकाको नयाँ खाता शुरु हुने वित्तिकै रकम उपलब्ध गराइने महानगरले जनाएको छ । वडा ३ मा रहेको वसन्तको ६०.६० वर्गमिटर, वडा ९ को किशोरीदेवीको ५४.१३ वर्गमिटर, कृष्णमानको ५०.४५ वर्गमिटर र प्रदीपको ३३.८० वर्गमिटर जग्गा अध्रि्रहण गरिएको हो ।

पालिखेचोकको १ सय ९९ वर्गमिटर जग्गा अध्रि्रहण गरिएको छ । मुआब्जाको सबै काम टुंगिएकोले जतिसक्दो छिटो बाटो चक्ल्याउने पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले बताए । ‘वडावासीको सहयोगबिना विकास सम्भव छैन । पालिखेचोकका नागरिक विकासप्रेमी छन् भन्ने प्रमाणित भएको छ,’ वडाध्यक्ष बास्तोलाले भने, ‘लामो समयदेखिको हाम्रो प्रयास सफल भयो । सहयोगी सबैलाई धन्यवाद ।’ मुआब्जा बुझिसकेकाको घर १० दिनभित्र हटाउने र बाँकी रहेकाको चाहीँ मुआब्जा बुझेको हप्तादिनभित्रै भत्काइने उनले जानकारी दिए । ‘विगत ४० वर्षदेखि पोखरेलीको भावनासँग जोडिएको काम सफल भएको छ । जनताले जनप्रतिनिधि आएको महसुस गरेका छन्,’ बास्तोलाले भने । मेयर मानबहादुर जिसीले पनि जतिसक्दो छिटो सडक फराकिलो बनाउने बताए । ४० वर्षदेखि पालिखेचोकमा मापदण्डले छुने संरचना हटाउने अभ्यास गरिए पनि सम्बन्धित निकाय पटक-पटक असफल भएको थियो । अहिले भने महानगरले मुआब्जा दिएरै मापदण्ड क्लीयर गर्ने काम गर्न लागेको हो । ‘पालिखेचोक हटाउने कुरा अहिलेको हैन । तर काम कसैले पनि आँट्न सकेनन्,’ मेयर जिसीले भने, ‘हामी निर्वाचित भएपछि पहिलो नजर नै पालिखेचोकमा थियो । धेरैको सहयोगपछि मुआब्जा टुंगिएर भत्काउने चरणमा पुगेका छौं ।’ सरकारले तोकेकै दररेटमा जग्गाधनीले मुआब्जा बुझेका हुन् । शुरुमा सही मूल्यांकन नभएको भन्दै मुआब्जा बुझ्न मानेका थिएनन् । तर पछि विकासका काममा अवरोध नगर्ने भन्दै सहज रुपमा मुआब्जा लिन तयार भएका हुन् । सडक फराकिलो बनाउन तत्कालै ४ वटा घर हटाउनुपर्छ । यसकै लागि गएको पुसमा युवा क्लबको भवन र चौतारो समेत भत्काइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width