पहिरोमा ८ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७५

पोखरा, १० साउन । गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे प्रवेशद्वारमा बुधबार राति झरेको खसेको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ। १ जना बेपत्ता छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी-४ का रेशम खड्का रसुवा गोसाइकुण्ड गाउँपालिका-१ थुमनका मिङमार गुम्बु तामाङ, गाउँपालिका-२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनी रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी भइरहेको छ। घाइते ५ जनाको थप उपचारका लागि काठमाडौं पठाइएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुपु तामाङले बताए। ७ जना घाइते भने सामान्य उपचारपछि घर र्फकेका छन्। पहिरोमा परी १२ जना घाइते भएका थिए।

स्थानीयवासीका अनुसार करीब ४ किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्र्नुका साथै ३ वटा छाप्रा होटेल र साना ठूला ४ वटा सवारीसाधन पूर्णरुपमा पुरिएको हो।

पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पुरेको छ। पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए । सदरमुकामदेखि २५ किमी टाढा पार्ने घटनास्थलमा रातिदेखि नै उद्धार गरिएको थियो। बिहीबार बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

सदरमुकामदेखि टिमुरे जाने बाटोको ठाउँठाउँमा पहिरो खसेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width