पोखरा, १० साउन। मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संशाधन व्यवस्थापन गर्ने गराउने गरी एकआपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र विश्वविद्यालयतर्फबाट विश्वविद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा रवीन्द्र घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयबाट बीबीए, बीआइ र एमबीएमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रक्रिया पूरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने, विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीलाई इर्न्र्टनसीप गर्न अवसर प्रदान गर्ने र बैंकिङसम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापश्चात शैक्षिक योग्यता हासिल गरिसकेपछि देखिने वेरोजगारी समस्या व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेका छन्।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१