फोटो प्रतियोगितामा माछापुच्छ्रे अब्बल

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७५
Merit MaharjanAddressStreet Address : Panga, KirtipurCity : KathmanduView Larger MapEmailthulay898@gmail.comPhone number+9779818288202CategoryActivities

The first touch of Sun’s light to the Mount “Machhapuchre” in the golden hour with the man in Silhouette.

पोखरा, ९ साउन। गण्डकी प्रदेशस्तरीय पर्यटनसम्बन्धी अनलाइन फोटो प्रतियोगितामा पर्यटकीय गतिविधिअन्तर्गत काठमाडौंका मेरिट महर्जनले खिचेको माछापुच्छ्रेको फोटो प्रथम भएको छ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत असार १९ गते आह्वान गरेको प्रदेशस्तरीय सो प्रतियोगितामा उनले खिचेको कुमारी माछापुच्छ्र्रे हिमालको फोटो हुँदै पुरस्कारवापत नगद ३० हजारसहित प्रमाणपत्र जित्यो । एक सय १९ जनाले पर्यटकीय गतिविधिको प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा काठमाडौंकै देव डंगोलले धम्पुसमा खिचेको आकाश हेर्दै गरेको फोटो द्वितीय भयो। उनले नै खिचेको हिमालमा स्की गर्दै गरेको फोटो चौथो हुँदै पुरस्कार जित्यो। पुरस्कारवापत डंगोलले क्रमशः २० र १० हजार रुपैयाँ साथमा प्रमाणपत्र पाए। मुस्ताङमा घोडचडीको फोटो खिचेका पोखराका आदित्य चन्दले तृतीय हुँदै १५ हजार र प्रमाणपत्र पुरस्कार पाए।

त्यसैगरी, लण्डन बस्दै आएका गोलमान गुरुङले पर्वतको दुर्लुङमा खिचेको क्यानोनिङ गर्दै गरेको फोटो पाँचौ बन्यो। गोलमानलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै, गण्डकी प्रदेशले नै आयोजना गरेको पर्यटकीय गन्तव्य विधाको प्रतियोगितामा मनाङको ब्राका गाउँको फोटो प्रथम भयो। काठमाडौंका प्रकाश बुढाले खिचेको ब्राका गाउँको फोटोले प्रथम हुँदै नगद ३० हजारसहित प्रमाणपत्र जितेको छ।

तीन सय ३९ जनाले सहभागिता जनाएको प्रतिस्पर्धामा ललितपुरका उमिद शाक्यले खिचेको मुस्ताङ झारकोटको फोटो द्वितीय हुँदै २० पुरस्कार पायो। पोखराका गहेन्द्र गुरुङले खिचेको कास्की मादी गाउँपालिकास्थित कोरीगाउँको फोटो तृतीय हुँदै १५ हजार जितेको छ। काठमाडौंका शिरीष बिसीले खिचेको मनाङ फू गाउँको फोटो चौथो हुँदै १० हजार जितेको छ। पोखराका रोहित गिरीले पोखरा शान्ति स्तूपाको फोटोले पाँचौं स्थान प्राप्त गरेको छ। गण्डकी प्रदेशले साउनमाभित्रमा फोटो प्रदर्शनी गरेर विजेतालाई पुरस्कार वितरण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो। प्रदर्शनीमा पुरस्कृत फोटोसहित दुवै विधाका उत्कृष्ट २५/२५ गरी कुल ५० वटा फोटो राखिने जनाइएको छ।

प्रतियोगिता निर्णायकमा उद्योग, वन तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेल, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलिया, फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्की, फोटो पत्रकार क्लब नेपालका सदस्य विजय गजमेर र फोटो पत्रकार समूह पोखराका पूर्व अध्यक्ष कृष्णमणी बराल थिए।

पर्यटन प्रवर्द्धनका लागि फोटो संकलन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गण्की प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रष्ट पारे।

अब गण्डकी प्रदेशले स्थानीय प्रोडक्टको फोटो फेमिङ गरेर चिनो निर्माण गर्ने बताए। मन्त्री लम्सालले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास छ।’

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width