मन्त्री तामाङको राजीनामा

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७५

काठमाडौँ, ८ साउन । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराहृन पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।

आफ्नो चारमहिने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए । राजीनामा घोषणा क्रममा उनी रोएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width