जनसेवी लघुवित्तको नाफा बढ्यो

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७५

पोखरा, ८ साउन । पर्वत जिल्लाको जनसेवी लघवित्त वित्तीय संस्थाले आव २०७४।०७५ मा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

अघिल्लो आवमा १३ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको सो संस्थाले २०७४।०७५ मा अघिल्लो आवको तुलनामा ४४२ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले जानकारी दिए।

संस्थाको आव २०७४।०७५ को अन्त्यसम्म ४१ करोड ८५ लाख कर्जा लगानी रहेको र ११ हजार ३ सय जना सदस्यालई संस्थामा आवद्घ गराई १२ करोड २८ लाख बचत रकम संकलन रहेको छ ।

चालु आवमा ५ जिल्ला थप गरी १५ जिल्लामा ३२ शाखा कार्यालय मार्फत कार्यक्रम विस्तार गर्ने र २४ हजार सदस्य आवद्घ गराई विभिन्न सीपमूलक तालिमको समेत अवसर प्रदान गर्दै बचत तथा कर्जा सेवा प्रवाह गरी २ करोड १० लाख मुनाफा आर्जन गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

हाल ९ करोड ८० लाख चुक्ता पुँजी भएको र यसै वर्षभित्र सर्वसाधारणमा सेयर जारी गरी १४ करोड पुँजी पुर्‍याउने लक्ष्य लिएको समेत बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width