Worldlink ads

फेवा बजार डटकम शुभारम्भ, अनलाइनबाटै सपिङ

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५
hemja photo

हेमजा, ७ साउन। पोखरा-१६, दीपमा प्रधानकार्यालय रहने गरी खुलेको एस. आचार्य इन्टरनेशनल प्रालिद्वारा संचालित फेवा बजार डटकमको सोमवार उद्घाटन गरिएको छ। कम्पनीको उद्घाटनसँगै अब ग्राहकले अनलाइनबाटै आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

जसअनुसार सामग्री अर्डर गरेको ३ देखि ५ दिनभित्र ग्राहकको घरमै पुर्‍याउने कम्पनीको योजना छ। यो सेवा पोखराका ३३ वटै वडामा प्रदान गरिने छ।

कम्पनी उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले युग सुहाउँदो व्यापार गर्ने उद्देश्यले स्थापित संस्थाको उज्ज्वल भविष्य रहेको औँल्याए। उनले सूचना प्रविधिले ठूलो फड्को मारेको वर्तमान अवस्थामा हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले कम्पनीले देशका विभिन्न ठाउँमा शाखा स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

वडाध्यक्ष जीवन आचार्यले अनलाइन मार्फत विजनेस गर्ने योजनाका साथ संस्था स्थापना गरेकोमा खुशी प्रकट गर्दै त्यसले पोखरालाई स्मार्ट सिटी बनाउन इट्टा थपेको भनाइ राखे।

अध्यक्ष आचार्यले इमान्दार र एकोहोरो पाराले मात्रै अब मानिसको दैनिकी नचल्ने दावी गर्दै हरेक मानिसले आफ्नो जीवनलाई प्रविधिसँग जोड्नुपर्ने तर्क गरे।

युवा व्यवसायी बालकृष्ण कोइरालाले गण्डकी प्रदेशबाट अनलाइन व्यवसाय शुरु भएकोमा खुशी व्यक्त गरे।

युवा समाजसेवी विपीन आचार्यले अबका सम्पूर्ण व्यवसाय, जागिर सबै सम्भव भएसम्म अनलाइन मार्फत गर्नुपर्ने आवश्यकता औँल्याए।

कम्पनीबारे जानकारी दिँदै अध्यक्ष सुजन आचार्यले ‘ग्राहक पसलमा होइन, पसल ग्राहकको घरघरमा पुग्नुपर्दछ’ भन्ने भावनाले संस्था स्थापना गरिएको बताए । उनले अनलाइन विजनेसले अव्यवस्थित बजार व्यवस्थित बनाउने, ग्राहकको समय बच्ने, बजार क्षेत्रमा पाकिङको समस्या नहुने दावी गरे। उनले कम्पनीले चाँडै नै काठमाडौं, नारायणगढ, इटहरी र नेपालगञ्जमा शाखा खोल्ने तयारी गरेको बताए।

कम्पनीका व्यवस्थापक हरिप्रसाद त्रिपाठीले ग्राहकलाई बिशुद्घ सेवा दिने उद्देश्यले मात्र संस्था स्थापना गरिएको दावी गरे। उनले देशका विभिन्न ५ ठाउँमा शाखा खोल्न करिव ३ करोड २५ लाख खर्च लाग्ने अनुमान कम्पनीले गरेको पनि बताए।

कम्पनी अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी मेलिना क्षेत्रीले स्वागत र व्यवस्थापक त्रिपाठीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads